अपडेट 
२०७७ पुष ६, सोमबार ०७:१०

सर्लाही । कविलासी नगरपालिका ७ गैरमा रहेको माध्यमिक विद्यालयका विद्यार्थीले पठनपाठनको माग गर्दै सडकमा चक्काजाम गरेका छन् ।

शिक्षक नियुक्त गरी सबै विषयको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन नगरपालिकामा पटकपटक ध्यानाकर्षण गराउँदा बेवास्ता गरिएपछि विद्यार्थीले आइतबार नवलपुर- मलङ्गवा सडकमा चक्काजाम गरेका हुन् । सुरक्षाकर्मीले विद्याथीको समस्याबारे सोमबार नगरप्रमुख समेतको उपस्थितिमा छलफल गराउने प्रतिबद्धता जनाएपछि सडक सुचारु हुन दिएका गोरखापत्रमा प्रकाशित छ ।

Comment


Related News

Latest News

Trending News