अपडेट 
२०७७ पुष ६, सोमबार ०७:२१

महोत्तरीको लोहारपट्टी नगरपालिकामा वडासदस्यले जग्गा मिचेर सडक निर्माण गरेपछि स्थानियहरु आक्रोसित बनेका छन् ।

लोहारपट्टी नगरपालिका वडा न. ३ तपनपुरमा वडासदस्य रामजी यादवले तोकिएको मापदण्ड भन्दा पनि बढी जग्गा मिचेको भन्दै स्थानीयहरुले विरोध जनाएको छ । स्थानिय अशोक कुमार यादवका अनुसार रामजी यादवले प्रहरी प्रशासनलाई आफनो पक्षमा पारेर मापदण्ड बाहिर गएर सडक निर्माण गरेको आरोप लगाए । उनले सडकमै मन्दिर तथा धर्मशाला निर्माण गरेर आफनो निजी खेतलाई जवर जस्ती कव्जा गरि सडक निर्माण गर्न लगाएको आरोप लगाए । सोहि ठाउँका सत्यनारायण यादवका अनुसार वडासदस्यले मनोमानी गर्दा पनि वडाध्यक्ष रामशरण यादवले पनि आपूmहरुलाई सहयोग नगरेको गुनासो गरे । वडासदस्यको मनोमानीको विरोध गर्दा कुटपिट समेत गरेको सत्यनारायणले आरोप लगाए । पहिले देखि नै निर्माण भएको सडकमा मन्दिर र धर्मशाला निर्माण गरि छेउमै रहेको यादवको जग्गा ३ फिट सम्म मिचेको देखिएको छ ।

त्यसैगरि गाउँमा सडकको मापदण्डलाई पालना गर्नको लागि गाडीएको किलालाई पनि छोप्ने प्रयास गरिएको छ । स्थानिय अशोक कुमार यादवका अनुसार जयराम यादव गाउँको प्रधानपंच भइसकेको तथा स्थानिय निकायको निर्वाचनमा वडा सदस्यमा जितेको बताए । आफुलाई भोट नदिएकाहरुको जग्गालाई जवरजस्ती प्रहरी प्रशासन लगाएर सडक निर्माण गर्न लगाएको उनको आरोप छ । जवरजस्ती जग्गा मिचेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिदा पनि केहि पहल नभएको दुखेसो उनीहरुले पोखे ।

Comment


Related News

Latest News

Trending News