अपडेट 
२०७७ पुष ८, बुधबार ०७:१६

युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले आफू मातहतका २७ देशमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड ६० लाख मानिसमा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको हो ।

धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा खोपको प्रयोग आवश्यक भएको र यसका लागि फाइजर–बायोएनटेकद्वारा निर्मित खोपलाई प्रयोग गर्न सिफारिस गरिएको ईएमएकी कार्यकारी निर्देशक इमा कुकले बताउनुभएको छ । खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य देशहअरुमा अर्को आइतबारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्ने तयारी भैरहेको छ ।

ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म तीन लाख ११ हजार कोरोना संक्रमितको ज्यान गैसकेको छ ।

Comment


Related News

Latest News

Trending News