अपडेट 
२०७७ पुष ८, बुधबार ०७:२८

संसद पुनस्र्थापनाको मागगर्दै जनता समाजवादी पार्टी (जसपा) ले ५ दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकोछ ।

जसपाले सार्वज्निक गरेको बिरोध कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहनपनि रहेकोछ ।राजनीतिक दलले घोषित रुपमा राष्ट्रपतिको पुत्लादहन गर्ने यो नै पहिलो बिरोध कार्यक्रम रहेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बिरोधगर्दै जसपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीको कार्यकारिणी समितिको मंगलवार बसेको बैठकले देशव्यापी प्रदर्शन र मसाल जुलुस गर्ने निर्णय गरेको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । पुस ८ गते बुधवार देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुको बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले संविधानमा हुँदै नभएको धारालाई टेकेर संसद विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय गरेकोछ । प्रधानमन्त्रीको संसद विघटन गर्ने निर्णयको बिरोधमा नेपाली काँग्रेस र नेकपासित सहकार्य गर्ने सर्वदलिय बैठकमा भएको निर्णयमा जसपाले समर्थन जनाएकोछ । कार्यकारिणी समितिको बैठकमा परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News