अपडेट 
२०७७ पुष ८, बुधबार ०७:३८

नेकपाका नेता महेश बस्नेतले प्रम ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएकोले बाध्य भएर संसद् विघटन गरेको दावी गरेका छन् ।

प्रम ओली निकटका युवा संघ प्रदेश २ ले मंगलबार जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, आफ्नै पार्टीका प्रमलाई काम गर्न नदिने,सरकारलाई सार्वजनिक रुपमा आलोचना गरि अलोकप्रिय बनाउने लगायतका काम भयो, प्रमलाई घेराबन्दी गर्ने काम भयो, त्यसैले उहाँले ताजा जनादेशको लागि संसद् विघटन गराउनु भयो ।’ प्रम ओलीले समृद्ध नेपाल, खुसी नेपालीको नारालाई सार्थक बनाउने प्रयास गरिरहेको बेला आफ्नै पार्टीले धोका दिएको उनले आरोप लगाए । विचार र संगठनको हिसावले सकिन लागेको पुर्व माओवादीले आईसीयूमा राखेर तत्कालिन एमालेका अध्यक्ष ओलीले जीवन दियो, उनले भने,‘ तर जीवन दिने विरुद्ध नै कमरेड प्रचण्ड लाग्नुभयो र नक्कली हस्ताक्षर गरेर प्रम विरुद्ध अविश्वास प्रस्ताव ल्यायो ।’ टाउमा रहेको ब्रेन ट्युमरले शरिरको तौल नघटने जस्तै पार्टी भित्र रहेको विकृति विसंगतिलाई हटाउदा पार्टीको हैसियत नघटने उनले बताए ।

त्यस अघि स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेता बस्नेतले कुनै देशि विदेशी शक्तिसँग साठघाँट नगरि संविधान र लोकतन्त्रणको रक्षाका लागि प्रम ओलीले संसद् विघटन गरेको दावी गरेका थिए । संसद् विघटन भएपछि २०७२ सालको संविधान नै समाप्त हुन्छ, मुलुकमा फेरि राजा आउँछ जस्ता भ्रम छर्ने काम भईरहेको छ, उनले भने,‘ जातिवाद, क्षेत्रियवाद र धार्मिकवाद तीन अतिवादको विपक्षमा सधै रहनुभएकोछ र अगामी दिनमा पनि रहनुहुन्छ ।’ पुर्व राजा वा राप्रपा सँग मिलेर प्रम ओलीले यस्तो कमद चालेको हल्ला निराधार रहेको उनले दावी गरे । वर्तमान संविधानमा राजाको कुनै स्थान छैन, जनताले राजतन्त्रको अन्तिम दाहसंस्कार गरेर गणतन्त्र ल्याईसकेको अवस्थामा राजाको कुरा गर्नु असंवैधानिक हो,उनले भने,‘त्यसकारण अव हुने मध्यावधि चुनावमा पनि राप्रपा वा उस्तै एजेण्डा बोकेका पार्टीसँग कुनै चुनावी तालमेल हुदैन ।’ सुर्य चुनाव चिन्ह लिएर चुनावमा सहभागि हुने उनले बताए ।

यसैबीच, संसद् विघटन गरेको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भईरहेको वेला नेकपाका युवा संघले समर्थनमा जनकपुरमा मोटरसाईकल जुलुस प्रदर्शन गरेको छ । मुजेलियाबाट निकालिएको र्याली जनकपुरधामको विभिन्न चोकको परिक्रमा गरि जनक चोकमा कोणसभामा परिणत भएको थियो ।‘ नेकपाका नेता तथा पुर्व मन्त्री महेश बस्नेतको अगुवाईमा निकालिएको जुलुसमा सहभागिहरुले ‘आजलाई होईन भोलीलाई १० वर्ष ओलीलाई’ लगायतका नारा लगाएका थिए । मोटरसाईकल र्यालीमा प्रदेश २ का ८ वटै जिल्लाबाट प्रम ओली निकटका युवाहरु सहभागि भएको युवा संघका ईन्चाज संजिव कुमार झा (सुरज)ले बताए । प्रम ओली देश र जनताको हितमा कार्य गरेकोले कार्यकर्ता वाहेक अन्य युवाहरु जुलुसमा सहभागि भएको ईन्चार्ज झाले बताए ।

Comment


Related News

Latest News

Trending News