२०७७ पुष ८, बुधबार ०७:४९

जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियानले आउँदो शनिबार सिरहामा धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ खारेज र जनतन्त्र सहितको राजसंस्था एवं हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै जुलुश गर्ने भएको छ ।

मोर्चा एवं अभियानका जिल्ला सदस्य चन्द्रशेखर साह (डब्लु जी) को विशेष उपस्थिति एवं मिर्चैया नगर जनपरिचालन समिति संयोजक मुन्ना यादवको अध्यक्षतामा सिरहाको मिर्चैया नगरपालिकामा मिर्चैया नगर जनपरिचालन समितिको बसेको बैठकले यस्तो निर्णय गरेको हो । शनिबार बेलुका रामनगरदेखि मिर्चैयाको बतहा खोला, मिर्चैया थाना चोक हुँदै कटारी चोकको गोलपार्कमा दीप प्रज्वलन गरि कोणसभा गर्ने निर्णय गरेको मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comment

Related News

Latest News

Trending News