अपडेट 
२०७७ पुष ८, बुधबार १६:२३

जनता समाजावादी पार्टी पर्साले बुधबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।

प्रधान मन्त्री केपि ओलीको बिरोधमा चर्को नाराबाजी गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो । दिउँसो १ बजे वीरगंजको घण्टाघरबाट शुरु भएको प्रदर्शन मकालु चोक,घडिअर्वा हुदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।प्रधानमन्त्री ओलीले संसद भंग गरेको विरोधमा जसपा पार्टीले धोषणा गरेको देशव्यापी कार्यक्रम अनुसार जसपा पर्साले वीरगंजमा वीरगंजमा प्रदर्शन गरेको हो ।कोणसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी सोचका कारण देशको राजनैतिक अवस्था अन्योलमा पुगेको आरोप लगाएका थिए ।प्रधानमन्त्री तानाशाह बन्न खोजेकोले देशमा अन्योलता उत्पन्न गरी संकटकाल लगाउने योजनामा लोगको आरोप जसपाका नेताहरुको थियो । ओलीले देशमा चुनाव गराउँदैनन्,विस्तारै संकटकाल लगाएर सदैव प्रधानमन्त्रीको कुर्सीमा बसेर सत्ता लगाउन मात्र खोजेका कोणसभाका बक्ताहरुले लगाए थिए ।

कोण सभामा जसपाका अर्का नेता हरिनारायण रौनियारले ओलीको राष्ट्रघाती कदमको विरोधको जसपाले जोडदार आन्दोलन गरी संसाद पुर्नबहाली गर्ने तर्फ अघि बढने बताए ।उनले भने,हाम्रो आन्दोलन जारी छ,पार्टीको निर्देशन अनुसार सडक संघर्ष जारी छ ।जसपाका केन्द्रीय सदस्य एवम प्रदेश सभा सदस्य रमेश पटेलले ओलीको कारण देश अनिर्णित बनेको र लोकतन्त्र तथा संविधानको हत्या भएको बताए ।जसपाबाट प्रदेश २ सांसद रहेका प्रहालाद गिरीले ओलीको गल्तीको सजाय जनताले दिने धारणा राखे ।उनले भने,ओली यस्तो गल्ती गरेका छन्,त्यसको दण्ड जनताले सय कोडा हानेर दिनेछन् ।जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कोण सभामा जसपाका नेता शिवपटेल,सुरेन्द्र कुर्मी,जगदीश कुर्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News