अपडेट 
२०७७ पुष ९, बिहीबार १४:२५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने भएका छन् ।

नेकपाको दाहाल–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्य पार्टी वैद्यताका लागि सशरीर निर्वाचन आयोगमा उस्थित हुने निर्णय गरेकाे हाे । केपी ओली समूह छुट्टिएपछि संस्थापन पक्षका २७५ केन्द्रीय सदस्य निर्वाचन आयोगमा जाने निर्णय भएको छ । भोली शुक्रबार मध्यान्ह १२ बजे आयोग जाने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताएका छन्।

त्यस्तै, बैठकमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णयसमेत भएकाे छ ।

Comment


Related News

Latest News

Trending News