अपडेट 
२०७७ पुष ९, बिहीबार १६:०९

नेपालमा बिहीबार थप ६१३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको छ । त्यस्तै थप ७३९ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४७ हजार ४ सय जना निको भएका छन् । नेपालमा हाल ७ हजार ३८४ जना आइशोलेशनमा छन् भने ४०० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ९६ हजार २५० वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News