अपडेट 
२०७७ पुष ९, बिहीबार १८:४४

चुरे तथा वन जंगल संरक्षण अभियानले सर्लाही जिल्लाको लखनदेही खोलामा भइरहेका उत्खनन रोक्नका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ज्ञापनपत्र वुझाएको छ ।

लालवन्दी नगरपालिका ११ स्थित लखन्देही खोलमा मापदण्ड विपरित भइरहेको उत्खनन यथासिघ्र वन्द गराउन माग गर्दै अभियानका संयोजक सुनील कुमार यादवको अगुवाईमा सिडीओ कार्यालय सर्लाहीमा ज्ञापनपत्र वुझाइएको छ ।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार मापदण्ड विपरित उत्खनन गर्ने इलाम गजुरमुखी निमार्ण कम्पनीलाई छानबीन गरी कानुनी कारवाही गर्नुपर्ने ,बाके खोला र बागमती खोलामा भइरहेका मापदण्ड विपरितको उत्खनन वन्द गर्न समेत माग गरिएको छ । चुरे विनाश तथा नदि नालाको विनाश संगै मधेश मरुभुमी बन्ने तथा सुख्खा मौसममा झनै सुख्खा र वर्षा मौसममा बाढि पहिरो बढने भएकोले मधेशको अवस्था दयनीय हुनबाट वचाउनका लागि पहल गर्नका लागि माग गरिएको छ । ज्ञापनपत्रको वोधार्थ प्रधानमन्त्री कार्यालय,वन तथा वातावरण मन्त्रालय,भुसंरक्षण मन्त्रालय,प्रदेश २ का सम्वन्धीत मन्त्रालयहरुमा पठाइएको छ ।

Comment


Related News

Latest News

Trending News