अपडेट 
२०७७ पुष १०, शुक्रबार ०७:४१

नेकपा पार्टी विभाजनसँगै कुन समूहलाई निर्वाचन आयोगले वैद्यता प्रदान गर्ने विषय अन्यौलमै रहेको बेला दुवै समूहले जिल्लास्थित पार्टी कार्यालयमा आ आफ्नो दावी गरेका छन् ।

नेकपाको जनकपुरधाममा दुई वटा पार्टी कार्यालय रहेको छ । तत्कालीन माओवादी र एमालेको छुट्टै कार्यालय रहेको छ । तर पार्टी एकीकरण पश्चात पुर्वमाओवादीको पार्टी कार्यालयमा अहिले नेकपाको जिल्ला कार्यालय र पुर्वएमालेका कार्यालयमा नेकपाको प्रदेश कार्यालयको रुपमा मिथिला भवन रहेको छ । गुठी संस्थानकै जग्गामा मिथिला भवनको क्षेत्रफल ८ कठ्ठा र जिल्ला कार्यालयको क्षेत्रफल ५ कठ्ठा रहेको छ । मिथिला भवनमा भेटिएका नेकपाका एक युवा नेताले,‘ यहाँ पूर्वमाओवादी वा पूर्वएमाले सबैका नेता तथा कार्याकर्ताहरु आईरहेका छन् । यो अहिले पुर्व माओवादी वा पुर्व एमालेको पार्टी होईन, यो नेकपाको प्रदेश कार्यालय हो । पूर्वएमाले वा पूर्वमाओवादी अलग भएको होईन । विगतमा यो कार्यालय एमालेका रहेको पनि अहिले नेकपा हो र नेकपा भनेको तत्कालीन एमाले र माओवादी मिलेर बनेको पार्टी हो ।

यसमा ओली वा प्रचण्ड–नेपाल सबैको त्यतिकै अधिकार छ ।’ नाम नबताउने शर्तमा उनले भने,‘ पार्टी अधिकारिताको विषय निर्वाचन आयोगमा पुगेको छ निर्वाचन आयोगले जुन समूहलाई पार्टी चुनाव चिन्ह प्रदान गर्छ । ती समुहको धनुषाका पार्टी कार्यालय हुन्छ ।’धनुषा जिल्लाबाट पूर्वमाओवादीबाट अहिले सम्म कुनै नेता वा सांसद ओली समूहमा नगएको प्रचण्ड–नेपाल गुटका नेता झलकु यादवले बताए । उनले भने,‘ पूर्वमाओवादीबाट अहिले सम्म ओली समूहमा केहि गएका छैन,बरु ओली समूहबाट प्रचण्ड– नेपालको गुटमा आएका छन्, त्यसकारण पूर्वमाओवादीको जनकपुरस्थित पार्टी कार्यालयमा ओली समूहको कुनै दावी हुदैन, नेकपाको मिथिला भवनमा पनि हाम्रो दावी यथावत हुन्छ ।’यता, ओली गुटका प्रदेश सांसद किशोरी साहले आफ्नो समुह पार्टीको संस्थापक हुने दावी गर्दै जनकपुरस्थित दुवै पार्टी कार्यालयमा आफुहरुको अधिकारी हुने बताए । यता, विभिन्न जिल्लामा पार्टी कार्यालयलाई लिएर दुई समूह बीच विवाद तथा तालाबन्दी हुने घटना देखेर प्रदेश २ का जिल्लाहरुमा रहेका नेकपाको पार्टी कार्यालयमाहरुमा सुरक्षा निगरानी बढाईएको छ । धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर पार्टी कार्यालयहरुको सुरक्षा निगरानी बढाएको बताए ।

पार्टी विभाजनको क्रममा रहेकोले दुई समूह बीच पार्टी कार्यालयलाई लिएर विवाद हुन सक्ने भएकोले सुरक्षा निगरानी बढाएको बताए । प्रदेश २ का प्रहरी कार्यालय अनुसार प्रदेशका ८ वटै जिल्लामा रहेका नेकपाका पार्टी कार्यालयहरुमा सुरक्षा निगरानी बढाएको बताए । पार्टी आधिकारिकको विवाद भईरहेकोले छ, जव सम्म ती विषयमा कुनै टुङगो लाग्दैन, तव सम्म सुरक्षा निगरानीमा राख्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News