नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसद विघटनविरुद्ध सडक आन्दोलन शुरु गरेको छ । केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकको निर्णयअनुसार नेकपा शुक्रबारदेखि सडक संघर्षमा उत्रिएको हो ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतका नेताहरु विरोधका लागि सडकमा पुगेका छन् ।
आज १० बजे माइतिघर मण्डलामा दाहाल-नेपाल पक्षका सांसदसहित नेता/कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् । शुक्रबारै दाहाल-नेपाल पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोगसमेत पुग्ने कार्यक्रम छ ।