अपडेट 
२०७७ पुष ११, शनिबार ०७:०६

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको परिवारका एक सदस्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करारमा नियुक्ती गरिएको छ ।

शहीद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रथम शहीद महतो परिवारका सदस्य अनिता कुमारी महतोलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार अनितालाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत उनलाई करारमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पुस १ गतेदेखि लागू हुने गरी अनितालाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरिएको हो । लालबाबु राउत नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् को बैठकले शहीद परिवार, एक रोजगार दिने निर्णय गरेको थियो । सोही अन्तर्गत प्रदेश २ का आठै जिल्लाका शहीद परिवारका एक सदस्यलाई रोजगार दिएको छ । रोजगारका लागि सिफारिस भएका शहीद परिवारको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको छ ।

Comment


Related News

Latest News

Trending News