अपडेट 
२०७७ पुष ११, शनिबार ०७:०९

प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी, नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादवलाई मातृशोक परेको छ ।

प्रदेशसभा सदस्य यादवकी आमा दौलतिया देवीको ९५ वर्षको उमेरमा निधन भएको छ । यादवको नीजि निवास जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्ट्ीमा शुक्रबार बिहान ११ः४५ बजे निधन भएको हो ।

उनको शुक्रबार दिउँसो आप् mनै नीजि जग्गामा हिन्दू परम्परा अनुसार दाह संस्कार गरिएको छ । पारिवारिक श्रोतका अनुसार क्यान्सर जितेकी उनी गत तीन महिनादेखि बिरामी थिइन् । जेठो छोरा राजेश्वर यादवले दागवत्ती दिएका छन् । उनको नौ जना छोरा र दुई जना छोरी छन् । २०६० साल पुस महिनामै प्रदेशसभा सदस्य यादवको बुवाको निधन भएको थियो ।

Comment


Related News

Latest News

Trending News