२०७७ पुष ११, शनिबार १३:३५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक शनिबार पेरिसडाँडामा बस्ने भएको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षको घोषित कार्यक्रमअनुसार आज प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुनेछ ।
त्यस्तै आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला हुनेछ । भेलाले प्रतिगमनविरुद्ध संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।


