अपडेट 
२०७७ पुष ११, शनिबार १६:१६

नेपालमा शनिबार थप ५ सय जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८४० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४९ हजार १३२ कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ६ हजार ७४९ जना आइशोलेशनमा रहदा ३६९ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ५ हजार ८२६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News