अपडेट 
२०७७ पुष १२, आईतवार ०७:०८

कोरोना महामारीका कारण गत चैत शुरुदे खि बन्द रहेको सिनेमा हल अझै सञ्चालनमा आउन सकेको छैन् ।

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन हुनुभन्दा अगाडीदेखि नै सिनेमा हल बन्द गर्ने निर्णय गरे को थियो । तर लकडाउन समाप्त भई समान्य अवस्था झै विभिन्न क्षे त्रको गतिविधि सुरु भएपनि सिनेमा हल भने सञ्चालन तर्फ सरकारले कुनै चासो देखाएको सिनेमा हलका सञ्चालकहरुको गुनासो छ । सरकारले सिनेमा हल सञ्चालनमा कुनै चासो नदे खाएपछि नेपाल चलचित्र संघले शुक्रबारदेखि नै स्वघोषित रुपमा हल सञ्चालन गर्ने चेतावनी दिएका थिए । तर चलचित्र संघले सिनेमा हल सञ्चालन गर्ने बताएपनि जनकपुरधामसहित प्रदेश २ का रहेका सिनेमा हल सञ्चालनमा आउन सकेको छैन । जनकपुरधामसहित प्रदेश २ मा करिव ३० वटा सिनेमा हल रहे को छ । झण्डै १० महिनादेखि हल बन्द हुँदा हल सञ्चालकहरुलाई करोडौको क्षति भएको छ ।

हल बन्द भएपनि न्युनतम लागे बिजुली दस्तुर मासिक १० हजार, टयक्स, घरभडा, स्टाफ खर्च गरिमा करोडौ खर्च भएको हल सञ्चालकहरुले बताए । जनकपुरधामका आशा हल सञ्चालक रामचन्द्र साहले लामो समयदेखि हल बन्द हुँदा आफुहरु व्यापक मारमा परेको बताए । हल बन्द छ,कुनै करोवार छैन,उनले भने,‘ नियमित रुपमा विजुली विल, स्टाफ खर्च, घर भाडा, टयाक्स तिर्ने पर्ने बाध्यता छ, यस्तोमा हल सञ्चालकहरु धेरै नै क्षति सहन वाध्य छन् ।’ यता, हल लामो समयदे खि बन्द रहेपनि सरकारले भने व्यवसायीहरुलाई कुनै सहुलियत नदिएको हल सञ्चालहरुको गुनासो छ । सरकारले हल सञ्चालकहरुलाई सहुलियत दिनुपर्ने साट्टो झन न्युनतम विजुली बिल बुझाउन एक महिना मात्रै ढिलो भएपछि १० प्रतिशत जरिवाना लिन्छ, उनले प्रश्न गरे,‘ सरकारले सहयोग गरेन भने कसरी व्यवसायी चल्छ, व्यवसायीको समस्या सरकारले बुभ्mनुपर्छ ? हल बन्द हुँदा अफ्ठ्यारोमा परे का लगानीकर्तालाई कर, बिजुली तथा लोनको समेत ब्याजदरमा छुट गनुपर्ने लगायतका माग संघले गरेपनि सरकारले अहिले सम्म कुनै निर्णय नगरेको जनकपुरका निलम सिनेमा हलका सञ्चालक सिकिन्द्र साहले बताए ।

हलको मर्मत सम्भार तथा रंङरोगनका लागि केहि वर्ष अघि २० लाख बैंकबाट लोन लिएका थिए, उनले भने,‘ हलमा लगानी गरे कै वर्षमा पछिल्लो ६ महिना लामो मधेश आन्दोलन भयो, हल पुर्ण रुपमा बन्द रहियो,त्यसमा धेरै क्षति भयो । तर त्यसको भरपाई नहुदै लकडाउनले झन क्षति भएर जग्गा जमिन नै बेचेर लोन चुक्ता गर्नुपर्ने वाध्यात्मक अवस्था आएको छ ।’ लामो समयदेखि हल बन्द हुँदा सिनेमा देखाउने मेसिन, ब्याट्री लगायतका समान समेत खराब भएर सिनेमा हल सञ्चालन गर्न थप लगानी गर्नुपर्ने आशा सिनेमा हलका सञ्चालक साहले बताए । एक त नयाँ फिल्म रिलिज भईरहेको छैन, पुरानो फिल्म हे र्न दर्शक पनि आउदैनन्, उनले भने,‘ यस्तोमा थप लगानी गरेर पनि व्यवसायीलाई तत्काल राहत हुदैन ।’

Comment


Related News

Latest News

Trending News