अपडेट 
२०७७ पुष १२, आईतवार ०७:१३

जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले रौतहट जिल्लाको सदरमुकाम गौरमा मशाल जुलुस प्रदर्शन छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक अलो कतान्त्रिक निर्णयको विरुद्ध पार्टी केन्द्रिय कार्यालयले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार प्रहरीको अवरोधका विच जनता समाजवादी पार्टीका कार्यकर्ताहरु राको जुलुस प्रदर्शन गरेको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरुद्ध जसपा आन्दोलनमा उत्रेका हुन् । संसद पुर्नबहालीको माग गर्दै जसपाका नेता कार्यकर्ताहरु सडकमा नारावाजी गरेका छन् । मशाल जुलुस आयोजना गर्न नदिन प्रहरी सक्रिय भएपनि आन्दोलनकारीहरुले कार्यक्रम आयोजना गरेको प्रदेश सदस्य एवं जिल्ला इन्चार्ज बृज कुमार यादवले बताए । प्रधानमन्त्रीको निरंकुसताको विरुद्ध आन्दो लनमा होमिएको भन्दै ओलीको तानाशाही सफल नहुने दावी गरे । मशाल जुलुस पछि आयो जित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका नेताहरुले संसद विघटन संविधान विपरित रहेको दावी गर्दै पुर्नबहली हुने विश्वास व्यक्त गरे ।

नेताहरुले आन्दोलनको जगमा आएका संघीयता ,लोकतन्त्र र गणतन्त्रको समाप्त पर्ने कम्युनिष्ट सरकारका रवैया नेपाली जनताले स्वीकार्य नगर्ने ठोकुवा गर्दै नेपालबाट कम्युनिस्टको पतन हुने संकेत दे खिन थालेको टिप्पणी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News