अपडेट 
२०७७ पुष १२, आईतवार १३:०३

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या आइतबारसम्म एक करोड एक लाख ८७ हजारभन्दा बढी पुगेको छ ।विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ७३२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख ८७ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक कोभिड १९ को सङ्क्रमित २० हजार भन्दा कम देखिएको हो ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ६२२ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ६१ हजार ५३८ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ७८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।
 
भारतमा महाराष्ट्रमा ५९ हजार २२३ र केरलामा ६३ हजार ९२७ सक्रिय सङ्क्रमित रहेका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ  । भारतको राष्ट्रिय राजधानी दिल्लीमा ६ हजार ९११ जनामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका र ६ लाख ४ हनार ७४६ कोरोना मुक्त भएका छन् ।  भारतमा कोभिड १९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४३७ जनाको मृत्यु भइसकेको छ । 

Comment


Related News

Latest News

Trending News