२०७७ पुष १२, आईतवार १५:२७
नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले निर्वाचन केन्द्रित कामलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको भन्दै त्यसैमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभएको हो । उहाले यस आर्थिक बर्षको बजेटका आधारमा कार्यक्रम र योजना बनिसकेको भन्दै त्यसलाई कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता पनि जनाउनुभयो । त्यस्तै कोरोना महामारीलाई नियन्त्रण गर्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाइने उहाले बताउनुभयो ।
मन्त्री साहले सरकारको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने उल्लेख गर्नुभयो ।


