२०७७ पुष १३, सोमबार ११:१६
सरकारद्वारा गरिएकाे प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको हो ।
प्रदर्शनमा कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुर, वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ र युवा नेता गगन थापाले नेपालगञ्जमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे छ ।


