२०७७ पुष १३, सोमबार ११:१९

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

यही पुस १७ गते शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन् ।

Comment


Related News

Latest News

Trending News