अपडेट 
२०७७ पुष १३, सोमबार ११:४५

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले मान्छेको जिवनमा शिक्षा अपरिहार्य रहेको बताएका छन् ।

जनकपुरधाम उप–महानगरपालिका–२० देवपुरा रुपैठाको पासवान बस्तीमा आज आयोजित भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले शिक्षाको अपरिहार्यताबारेमा प्रकास पारेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै उनले उप–महानगरपालिकावाट हामीले नगरक्षेत्रका कक्षा ८ देखि १२ सम्मका दलित तथा मुस्लिम छात्राहरुकोलागि साइकल वितरण गर्न आउँदा त्यहा छात्राको संख्याले धेरैनै दुःखी तुल्याएको बताए । उनले डा. भिमराव अम्वेडकरको बारेमा चर्चा गर्दै सिंगो हिन्दुस्तानको संविधान निर्माता दलित बस्तीवाटै भएपनि त्यसवाट यहाँका दलितहरुलाई पनि सिक्नु पर्ने उनले थपे । उनले समाजको परिवर्तन र समाजमा रहेको अराजकता अन्तकालागि शिक्षा अपरिहार्य रहेको बताए ।

स्थानीय दलितहरुको सहभागीता रहेको सो भेटघाट कार्यक्रममा उनले सो दलित बस्तीमा सार्वजनिक शौचालय र बालविकास शिक्षक भर्ना गर्ने बचनबद्धता प्रगट गरेका थिए ।

Comment


Related News

Latest News

Trending News