अपडेट 
२०७७ पुष १४, मंगलवार ०७:२४

विश्वभरमा पाँच करोड ७७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा पाँच करोड ७७ लाख १६ हजार आठ सय ६३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड १६ लाख ३१ हजार तीन सय ३२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख ८० हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २१ लाख ३३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड ९७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड १६ लाख ३१ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ४२ हजार नौं सय ५३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड दुई लाख २४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९८ लाख ६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४८ हजार एक सय ९० जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ५८ हजार आठ सय ४० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५० हजार पाँच सय ८१ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News