जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार विरुद्धको दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
पहिलो चरणमा तीन दिनको विभिन्न विरोधका कार्यक्रमहरु गरि सकेका जसपाले सोमवार दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । जसपाले सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरि प्रतिनिधिसभा भंग गरिएको कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य रहेको भन्दै आन्दोलन गर्दै आई रहेका छन् । जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह, आदिवासी जनजाति, थारु ल्गायतका आन्दोलन र जनसंघर्षहरुको बखत जनताले गरेको संघर्ष, त्याग र बलिदानवाट प्राप्त उपलव्धिहरु प्रमुख वक्ताहरुको रुपमा रहेका छन् भने धनगढीमा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरी तथा भैरहवामा महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र महेन्द्र राय यादव मुख्य बक्ताका रुपमा रहेका छन् । त्यस्तै पुस २७ गते पनि तीन स्थानमा विरोधका कार्यक्रमहरु गर्ने भएको छ । पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज र जनकपुरधाममा विरोधका कार्यक्रम हुने भएको छ । वीरगञ्जमा उपेन्द्र यादव, लालबाबु राउत र वृषेशचन्द्र लाल, नेपालगञ्जमा मो. इस्तियाक राई, महेन्द्र राय यादव र अमृता अग्रहरी तथा जनकपुरधाममा राजेन्द्र महतो रेणुकुमारी यादव र शरत सिंह भण्डारी मुख्यवक्ताका रुपमा रहनेछ ।
त्यस्तै पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोडमा कार्यक्रम तय गरिएको छ । पोखरामा डा. बाबुराम भट्टराई अशोककुमार राई, राजेन्द्रप्रसाद श्रेष्ठ र शरत सिंह भण्डारी, सुर्खेतमा मो. सभा गर्ने कार्यक्रमका तालिका सार्वजनिक गरिएको छ । सोमवार पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्रयादवले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ माघ ३ गते सम्म विरोध जनप्रदर्शन एवम् सभाहरु क्ेन्द्रीय÷प्रादेशिक स्तरीय जनप्रदर्शन एवम् सभाहरुका रुपमा गरिनेछ । आपसी सहमति गरी कैन्द्रीय सदस्यहरु मध्येवाट एकजनाले सभाको अध्यक्षता गर्नेछ र सम्वन्धीत प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु एवम् प्रदेशका पदाधिकारीहरुले एक आपसमा समन्वय गरी जनपरिचालन एवम् समन्वय समिति वा कार्यक्रम तयारी समिति÷उपसमितिहरु ग्ठन गरि कार्यक्रम गर्न सक्नेछ । माघ ७ ते हुने जिल्ला स्तरीय जनप्रदर्शन एवम् विरोध सभाहरुमा प्रमुख वक्ताहरुको नामावली पछि तय गरिनेछ र समायोजन नभईसकेका जिल्लाहरुमा एक जना अध्यक्षले अध्यक्षता र अर्को तर्फका अध्यक्ष वक्ताको रुपमा रहने जनाइएको छ ।
सो कार्यक्रमहरुमा जनता समाजवादी पार्टी, नेपाल संग आवद्ध भातृ/जनवर्गीय, पेशागत, ट्रेड युनियन लगायतका संगठनहरुले आ–आफ्नो व्यानर प्रयोग गरी कार्यक्रमहरुमा सहभागी हुन सक्ने जनाइएको छ । स्थानीय वक्ता तय गर्दा सकभर समावेशी हुनेगरी महिला, दलित, मुस्लिम मध्येका वक्तालाई प्राथमिकता दिनुपर्ने भनिएको छ । केन्द्रीय÷प्रादेशिक स्तरीय कार्यक्रमहरुमा वरपर नजिकका जिल्लाहरु संग समेत समवन्य गरी सहभागी गराउनुपर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टीले आ–आफ् ना जिल्लाहरुमा रहेका केन्द्रीय सदस्यहरुले अनिवार्य रुपमा कार्यक्रमहरुमा सक्रिय रहनुपर्ने तथा उपत्यकामा रहेका उपत्यका बाहिरका केन्द्रीय सदस्य÷संघीय परिषद सदस्यहरु आ–आफ्नो जिल्लामा गई कार्यक्रमहरुमा सहभागी हुनकालागि निर्देशन समेत दिएको छ । पुस १७ गते देखि २३ गते सम्म केन्द्रीय÷प्रादेशिक कार्यक्रमहरुलाई सफल बनाउन जिल्ला समितिहरुले प्रत्येक गापा/नापा/महानगरपालिका स्तरीय वडा स्तरीय संयुक्त कार्यकर्ता भेला गरी प्रचार–प्रसार, कोण सभा लगायतका जनपरिचालन कार्यक्रमहरु गर्ने समेत निर्देश गरिएको छ ।
पुस २१ गते काठमाण्डुमा नागरिक समाज, बौद्धिक वर्ग लगायतहरु संग सरकारको असंवैधानिक कदमका सम्वन्धमा वृहत्त अन्तरक्रिया कार्यक्रम गर्ने जनाईएको छ ।