अपडेट 
२०७७ पुष १४, मंगलवार ०७:४४

प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी कानुन ल्याउने प्रतिबद्धता जनाएका छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन–२०७५ र प्रदेश जनस्वास्थ्य सेवा ऐन सम्बन्धमा सोमबार जनकपुरमा आयोजित कार्यशाला गोष्ठीमा मन्त्री साहले कानुन ल्याउनको लागि आवश्यक सुझावको लागि सबैमा आग्रह गरे । सुझाव अनुसारको कानुन ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री साहले थपे । एम्पलीफाइ चैन्जको सहयोगमा सुरक्षित मातृत्व संजाल महासंघ नेपालले आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री साहले राजनीतिक अस्थिरताबाट गुज्रिरहेकोले मुलुकमा ऐन कानुन कार्यान्वयनमा चुनौती थपिएको बताए । जनता समाजवादी पार्टी नेपाल प्रदेश २ का सचेतक परमेश्वर साहले प्रजनन स्वास्थ्य सम्बन्धी ऐनको आवश्यक्ता औंल्याए । यस सम्बन्धी विधेयकमाथि प्रभावकारी छलफल गरेर अगाडी बढ्न उनले सुझाए । प्रदेश सरकारले हालसम्म ४१ वटा कानुन प्रमाणीकरण गराएर व्यवहारमा ल्याइसकेको छ, उनले भने–‘१२ वटा ऐन हाउसमा छलफलको क्रममा रहेकोछ ।’ सो अवसरमा महिला तथा बालबालिका विकास समिति प्रदेश २ का सभापति जैनुल राइनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन ल्याउनमा आपूmहरु लागि परेको जिकिर गरे ।

मौलिक अधिकारमा समेटिएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन ल्याएर प्रदेश सरकारले अघि बढ्ने प्रतिबद्धता उनले जाहेर गरे । कमलेश मण्डलको अध्यक्षतामा भएको कार्याशाला गोष्ठीमा प्रदेशसभा सदस्य शारदा थापाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन ल्याएर प्रदेशका महिलाहरुको सुरक्षा सुनिश्चित गर्नुपर्ने तर्क गरिन् । प्रजनन स्वास्थ्य अधिकार विषयक प्रस्तुतीकरण अधिवक्ता राजकुमार महासेठले गरेका थिए । प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी संविधानले गरेको व्यवस्थाबारे उनले प्रष्टयएका थिए । १२ सातासम्मको गर्भपतन गराउन सक्ने कानूनी मान्यता रहेपनि जर्बजस्ती बलपूर्वक गर्दा ६ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । मान्यता प्राप्त स्वास्थ्य संस्थाले प्रजनन सम्बन्धी सेवा उपलब्ध गराउनुपर्ने भनिएको छ । आयोजक संस्थाका कोषाध्यक्ष सुनिल श्रेष्ठले सुरक्षित मातृत्व संजाल महासंघ नेपालको स्थापना बारे चर्चा गरेका थिए । डा. प्रमोद यादव, प्रदेश स्वास्थ्य निर्देशनालय विजय कुमार झा लगायतले आ आप्mनो धारणा राखेका थिए ।

संस्थाका केन्द्रिय सदस्य जयवीर साहले स्वागत मन्तव्य राखेको र्काशाला गोष्ठीमा प्रदेसभा सदस्य प्रमिला दास, सावित्रि साह लगायत सरोकारबालाहरुको सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News