अपडेट 
२०७७ पुष १४, मंगलवार ०८:०९

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धनुषाका ४ वटै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सोमबार संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ ।

पूर्व निर्धारित कार्यक्रमअनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा नेपाली काँग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नं. ४ ले विरोध प्रदर्शन गरेको हो । अमरचोकबाट निस्केको विरोध जुलुस क्षीरेश्वरचोक, हनुमान चोक, सखुवा चोक सहितको परिक्रमा गर्दै पुनः अमर चोकमा आएर कोणसभामा परिणत भएको थियो । नेपाली काँग्रेस क्षेत्रिय सभापति योगेन्द्र पजियारको अध्यक्षता र केन्द्रिय सदस्य महेन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित कोणसभामा वक्ताहरुले ओली सरकारको कदम विरुद्ध आफनो मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपसभापती संतोश कुमार यादव, नेपाली काँग्रेस नेता राज कुमार महतो, बासुलाल महतो, क्षेत्रिय सचिव विरेन्द्र कुमार सिंह, महासमिति सदस्य कुमर कान्त झा, क्षेत्रिय सचिव योगनरायण यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

धनुषा निर्वाचन क्षेत्र १ को धनुषाधाममा काँग्रेस नेता आन्नद प्रसाद ढुङगाना र निर्वाचन क्षेत्र २ को यदुकोहामा विघटन गरिएका पूर्व मन्त्री रामकृष्ण यादवको नेतृत्वमा विरोध जुलुस प्रदर्शन गरिएको छ । त्यसैगरि, क्षेत्र नम्बर ३ को नगराईनमा काँग्रेसका सांसद स्मृतिनारायण चौधरी र प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादव र क्षेत्र नं.४ को महेन्द्रनगरमा काँग्रेस नेता महेन्द्र यादवको नेतृत्वमा विरोध जुलुस प्रदर्शन भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रम केपि शर्मा ओली मुर्दावाद,असंवैधानिक कमद फिर्ता गर लगायतका नारा लगाउदै उनी विरोध जुलुस प्रदर्शन गरेका हुन् । क्षेत्र नम्बर १ को विरोध जुलुस पश्चात ओजना गरिएको कोणसभामा काँग्रेस नेता ढुङगनाले संविधानको रक्षा गर्ने व्यक्तिहरुबाट संविधानको हत्या गरिएको बताए । संघीयता र गणतन्त्र ल्याउन नेपाली जनताले ठुलै योगदान गरेको उल्लेख गर्दै उनले भने,‘ संविधानमै नभएका अधिकार प्रयोग गरि केपि संसद्लाई नै विघटन गर्न लगाए,त्यो गणतन्त्र र संघियतालाई समाप्त गर्ने कार्य भएको छ, यस विरुद्ध अगाडी बढ्छौ ।’

त्यसैगरि क्षेत्र नम्बर २ को कोणसभामा नेता रामकृष्ण यादवले भने,‘ससद् विघटन गरेर प्रम ओलीले ठुलो अपराध गरेको छ, त्यस्ता अपराधिलाई नेपाली जनताले कुनैपनि हालतमा माफ गर्दैन ।’ प्रम ओलीको सनकले मुलुक संकटमा फसकेको भन्दै नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रमको यो कदमलाई आमनेपाली जनताले कडा रुपमा प्रतिकार गर्नुपर्ने बताए । प्रम ओलीले उठाएको कदमको प्रभाव कुनै पार्टी वा नेतालाई मात्र नभई हाम नेपाली जनताको दैनिक जीवनमा समेत पर्ने छ,नेता यादवले भने,‘ चुनाव भएको खण्डमा मुलुकमा विकास निर्माणको काम ठप्प हुन्छ नै वेरोजगार र गरिविको संख्या झन बढ्छ ।’

Comment


Related News

Latest News

Trending News