नेकपाको आधिकारिकतामाथि प्रश्न उठाउँदै परेको मुद्दा सर्बोच्च अदालतले स्थगित गरेको छ ।
सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेका बेला सिंगो नेकपाको आधिकारिकतामाथि प्रश्न उठाउँदै परेको मुद्दा आज सर्बोच्च अदालतमा पेशी चढेर पनि शुरुमै स्थगित भएको हो । नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता भएको आधिकारिक पार्टी भन्दै केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेजी माग गर्दै रिट दायर गर्नुभएको थियो ।
पटक पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर सर्बोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेर दोस्रो मुद्दामा सुनुवाई भइरहेको जनाइएको छ ।