अपडेट 
२०७७ पुष १५, बुधबार ०६:५८

नेपाली किसानको मुख्य समस्या के हो ? यस प्रश्नको उत्तर हरेक किसानलाई थाहा छ । हरेक राजनीतिक व्यक्तिवहरुलाई थाहा छ र किसानसित काम गर्नुपर्ने सबै संघसंस्थाहरुलाई पनि थाहा छ । नेपाल कृषि प्रधान देश हो र नेपालका अधिकांश अन्य व्यवसायको पनि कृषिसित सम्बन्ध रहेको छ । कृषिलाई नेपालको मुख्य व्यवसाय यस अर्थमा पनि मान्न सकिन्छ कि देशका अधिकांश मानिस कुनै न कुनै रुपमा कृषिसित सम्बन्धित वा कृषि पेशामा रहेका छन् । कृषिले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ र कृषिले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिएको पनि छ । यद्यपि नेपाली किसानले भने समयमा कतैबाट सहयोग पाउने अवस्था रहेको पाइँदैन । देशका उखु किसानहरुको आन्दोलन बल्ल टुंगिएको छ । उखु किसानहरुले काठमाडौँमा तीन हप्तासम आन्दोलन गरेपछि बल्ल सहमति भएको छ कि तीन हप्तामा किसानको बाँकी बक्यौता रकम किसानले पाउने छन् भनेर । आफ्नो श्रम र पैसा आफ् नो खेतमा लगानी गरेर उब्जाएको बाली उधारोमा चिनी उद्योगलाई पु¥याउने किसानहरुले वर्षौँको रकम पाउनलाई आन्दोलन गर्नुपर्ने दुर्भाग्य छ ।

यद्यपि अब देशका सबै उखु किसानको पैसा भुक्तानी हुने भएको छ । अब बाँकी रहँदैन भन्ने पनि करिब निश्चित भएको छ । सरकारले पनि निकै टाइट गरेर कतिपय चिनी उद्योगीविरुद्ध मुद्दा नै चलाउने कठोर निर्णय गरेर भुक्तानी दिलाएको यथार्थ हो । यद्यपि उखु किसानमाथि अन्याय भएकै हो र अब आइन्दा यसरी किसानले रुनु नपरोस् । उखु किसानको आफ्नै व्यथा छ तर धान उत्पादन गर्ने किसानले भने अनेक समस्याका बिच पनि देशको उत्पादन र उत्पादकत्व दुवैमा वृद्धि गरेका छन् । यस वर्ष धानको उत्पादनले देशको पुराना सबै रेकर्ड तोडेको छ र नयाँ रेकर्ड कायम गरेको छ । देशमा गत वर्षको भन्दा ७० हजार ८३१ टन धान उत्पादन बढी भएको छ । यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको हो । देशको धान उत्पादनको इतिहासमा यो वर्ष फलेको धान अहिलेसम्मकै बढी हो । यस अर्थमा देशका धान उत्पादनकर्ता सम्पूर्ण कृषकहरु बधाईका पात्र हुन् र सबै किसानलाई देशबासीले धन्यवाद पनि दिनै पर्दछ । नेपाली किसानहरुलाई धान्य पूर्णिमाको अवसरमा मेरो तर्फबाट हृदयदेखि सलाम छ । अलिकति मूल्यको दृष्टिकोणमा धानको हिसाब गरौँ । मौद्रिक मूल्यमा नेपालमा यो वर्ष एक खर्ब ५७ अर्ब मूल्य बराबरको धान उत्पादन भएको अनुमानगरिएको छ ।

धानको उत्पादनमा परालको मूल्य जोडिएको छैन । नेपाल सरकारको कृषि मन्त्रालयले यस वर्षको धानको न्युनतम समर्थन मूल्य समयमै तोकेको थियो । मोटो धानको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ७३५ रुपैया र मध्यमस्तरको धानको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ८८५ रुपैया तोकेको थियो । नेपालमा उत्पादन हुने सबै धानमध्ये साठी प्रतिशत मोटो र बाँकी मध्यम तथा मसिनो धान भएको अनुमानको आधारमा यस वर्षको धान उत्पादनलाई मूल्यमा रुपान्तरण अनुमान गरिएको हो । यस अनुमानले धानको योगदान देशको अर्थतन्त्रमा राम्रै रहेको पनि स्पष्ट देखिएको छ । धान उत्पादन राम्रो भएको भनेर देशले खुसीमनाउने बेला पनि हो । किसानले पनि खुसी मनाउने बेला हो । यद्यपि धानको उत्पादन कृषकको अपेक्षाअनुसार नभएको गुनासो रहेकै छ । धानको उत्पादन कृषकको अपेक्षाअनुसार नहुनुका पछाडि दुई कारण रहेका छन् । पहिलो कुरो त यस वर्ष किसानले समयमा मल नै पाएनन् । धान रोप्ने बेलामा डिएपि मलको चरम अभाव थियो भने रोपाईँ सकेपछि युरिया मलको पनि चरम अभाव झेल्नु प¥यो ।

सरकारले कतैबाट मल ल्याउन नसकिँदै धानको सिजन गइहाल्यो । किसानहरुले आफूले नै कतैबाट जोहो गरेर र मुख्य रुपमा भारतबाट लुकीछिपी ल्याई खेतमा निकै महँगो मूल्यमा हाले । समयमा मल नपाइँदाको अवस्थामा लुकीचोरी किनेको महँगो मलले किसानलाई खेती महँगो बनाइदियो र समयमा मल हाल्न नपाउँदा उत्पादनमा सोचेजस्तो सकारात्मक प्रतिफल नआएको मानेका छन् । अर्को कारण भने रोग र कीरालाई पनि मानिएको छ । अन्तिम समयमा आएर किसानको धानको खेतमा रोग र कीरा धेरै देखाप¥यो जसले गर्दा धानलाई धेरै नोक्सान पु¥यायो । रोग र कीराले गर्दा पनि अपेक्षानुकूल उत्पादन हुन नसकेको हो । यद्यपि धानको उत्पादन बढेको छ । धानको उत्पादन वृद्धि हुनुमा प्राकृतिक कारण चाहिँ मुख्य जिम्मेवार हो । यस वर्ष अन्य वर्षको तुलनामा वर्षा केही बढी भएको हो । वर्षा बढी चाहिँ एकैचोटि भएको होइन । लामो समयसम्म वर्षा भएको हो । जब किसानलाई पानीको आवश्यकता हुन्थ्यो, वर्षा भइहाल्थ्यो । यसरी पनि भनिएको छ यसपालि – हरेक साता कुनै न कुनै रुपमा पानी परेको छ भने धानलाई यसपालि पानी तिर्खा लाग्नै दिएन वर्षाले । अझ अपेक्षाभन्दा बढी राम्रोसँग वर्षा भइरह्यो । यसले गर्दा यो पनि भयो कि यसपटक धेरै बाढी आएन ।

वर्षा भयो तथा वर्षाको मौसमभरि राम्रो वर्षा भइरह्यो तर ठूलो बाढी आएन । बाढी पटकपटक आएन । बाढी नआउँदखेतको धानलाई धेरै डुबानमा पारेन । बालीनालीलाई धेरै नोक्सान पु¥याएन । निरन्तर वर्षाले सबैभन्दा बढी क्षति तरकारी खेतीलाई गरेको भने अवश्य नै हो तर धानखेतीलाई भने फाइदा नै गरेको देखिएको थियो । धानको उत्पादन हुनुमा मुख्य गरी वर्षा समयमा हुनु हो भन्ने कुरो सबैले मानेका छन् । देशमा धानको उत्पादनमा वृद्धि भएको अवस्थामा प्रदेश दुईले पनि धानको उत्पादन वृद्धिमा निकै सकारात्मक योगदान दिएको छ । प्रदेशको दृष्टिकोणले सबैभन्दा बढी धान प्रदेश दुईमा नै उत्पादन भएको हो । यस वर्ष प्रदेश दुईमा १४ लाख ३२ हजार टन धान फलेको छ । यो आफैमा पनि गर्व गरिने विषय हो । प्रदेश दुईका धान किसानहरुको परिश्रमको सम्मान पनि बढी उब्जनी भएर नै भएको छ । यस वर्ष धानको उत्पादनले वा धानखेतीले किसानहरुलाई सम्मान गरेको कुरालाई पनि स्वीकार गर्नुपर्दछ । धानले पनि किसानलाई सम्मान गरेको छ । आफ्नो ठाउँमा सबै कुरा छन् तर किसानको सम्मान धरतीले मात्र गर्दछ । आकाशले मात्र गर्दछ । बाँकीले त किसानको समस्या अझै बुझ्न बाँकी छ । सायद समाधानको उपाय गर्नअझै धेरै बाँकी छ । देशका अधिकांश मानिसलाई भात नै मन पर्छ ।

धानबाट बनेको चामलले भात बन्ने हो । भातको स्वाद राम्रो भएकोले हो कि हामीलाई भातको स्वाद मिठो लाग्ने भएकोले हो, यसबारेमा यहाँ स्पष्ट पार्नुको औचित्य छैन । तर धेरै मानिसलाई भात मन पर्ने भएको कारण धानको उत्पादनमा किसानले बढी लगानी गर्नुपरेको छ । धानको उत्पादन बढाउन किसानले बढी श्रम गर्नुपरेको छ । नेपाली किसानले धानको उत्पादनमा जति धेरै बल लगाएको भए पनि र जति धेरै धान उत्पादन गरेको भए पनि यदि गहिरिएर विचार गर्ने हो भने बाहिरबाट चामल वा धान मगाएर खानुपर्ने स्थितिको अन्त्य भएको छैन । नेपाली किसानको समस्याको समस्या समाधान नभई धानको उत्पादन अझ बढ्न सक्दैन र अहिले हामीले खपत गरिरहेको धानको दर तथा हाम्रो उत्पादनबिच सन्तुलन कायम हुन सक्दैन । धानको उत्पादन बढिरहेको सत्य हो र धानको खपत बढिरहेको पनि सत्य हो । अब यी दुई सत्यबिच कसरी सन्तुलन मिलाउने भन्ने विषयमा गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ । जनसंख्या वृद्धि भइरहेको छ । जनसंख्यालाई पनि सन्तुलनमा ल्याउनु पर्दछ तर तत्काल धानको उत्पादन र खपतबिचको खाडललाई कम गर्ने प्रयास नगर्ने हो भने नेपाली किसानले उत्पादन गरेको धानले धान्ने अवस्था नहुँदा अन्ततः किसानकै अक्षमता देखिन सक्छ ।

जबकि बिना हतियार युद्धमा खटेको सिपाहीले के गर्न सक्लान् भन्ने नियति किसानको भइरहेको छ । भातै खानुपर्दछ भन्ने होइन । विश्वका कति प्रतिशत जनताले भात खान्छन् ? अन्य कुराको आँखा चिम्लेर नक्कल गर्दछौँ तर खानेकुरामा हामी बढी भातवादी कसरी हुन पुग्यौँ ? कसरी हुन्छ विस्तारै भातमाथिको निर्भरता कम गर्दै लैजानेतर्फ सोच्नु परेको छ । कतिपय रोगमा भात खानलाई रोकेको पनि पाइन्छ ? भात बढी खाइने क्षेत्रमा र भात नखाने क्षेत्रमा के कस्ता मानवीय प्रवृत्तिको पृथकता छ भन्ने जस्ता कुरालाई पनि अगाडि ल्याउने हो भने केही हदसम्म भातमाथिको निर्भरता कम हुन्थ्यो कि ? हुन त धानमात्र होइन अन्य धेरै किसिमका खाद्यान्न बाहिरबाट थप्नु परेको छ । खाद्यान्नमा देशको सम्पूर्ण खपत र सम्पूर्ण उत्पादनबिच सन्तुलन मिलाउन किसानको समस्यालाई समाधान गर्ने र किसानलाई प्रोत्साहन दिने काम पनि विभिन्न सरकार हरुले गर्नु आवश्यक छ । मुख्य गरी हरेक स्थानीय सरकार हरेक किसिमका खाद्यान्नमा आत्मनिर्भर बनी निर्यामुखी बन्नेतर्फ ध्यान दिने हो भने देशमा कृषि क्रान्ति हुने सम्भावनालाई संकेत गर्दछ ।

Comment


Related News

Latest News

Trending News