अपडेट 
२०७७ पुष १५, बुधबार ०७:१४

चिनी मिलले आन्दोलनरत्त किसानको बक्यौता रकम भुक्तानी गर्न फेरी २१ ीदनको समय लिएपछि आन्दोलित किसान मध्येका एकजनाको मंगलवार बिहान मृत्यु भएकोछ ।

काठमाण्डुको माइतीघर मण्डलामा १६ दिनदेखि आन्दोलनरत्त सर्लाही जिल्लाको धनकौल नगरपालिका छोटवल टोल बस्ने नारायण राय यादवको मंगलवार बिहान मृत्यु भएकोछ ।सरकार र उखु किसानबीच सोमवार भएको सम्झौतालाई धोका भन्दै संघर्ष जारी राख्ने बताएका किसान यादवको मृत्यु भएको छ । उखु किसान, सरकार र चिनी मिल सञ्चालकबीच भएको सहमतिमा २१ ीदन भित्र बक्यौता भुक्तानी दिने सहमति भएको थियो ।तर यादवले त्यो सहमतिलाइ धोका भन्दै अस्वीकार गरेका थिए । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार रुपैयाँ पाउन बाँकी थियो ।काठमाण्डुमा आन्दोलन थालेदेखि यादवलाई मिल सञ्चालकले एक रुपैयापनि बकयौता रकम भुक्तानी गरेको थिएन् ।त्यस अघि उनले गत अािर्थक वर्षमा १ लाख ६० हजार रकम भुक्तानी पाएको मध्ये ४९ सहकारीको किस्ता तिरेका थिए ।

आन्दोलनमा समर्थन जनाउने हरेकलाई उनले आफ्नो पीडा सुनाउने गरेका थिए ।तर फेरी छलछामगरि सरकारले किसानलाई सम्झौत ागर्न बाध्य बनाएपछि असन्तुष्ट रहेका यादवको ह्रदयघातबाट मृत्यु भएको बताइएकोछ । यादव आन्दोलनमा रहँदा उनीसँगै आन्दोलन गर्ने किसान मुकेश ठाकुरले बिहान करिब ५ बजे उनको स्वास्थ्यमा समस्या देखिएपछि नजिकैको हेल्पींग ह्याण्ड अस्पताल लगिएको बताए ।तर त्यहाँ उनलाई उपचार संभव नभएपछि तत्कालै गंगालाल ह्रदयरोग अस्पतालमा लगिएको बताउँदै ठाकुरले भने, उपचारकै क्रममा ६५ वर्षिय किसान यादवको मृत्यु भयो । गत वर्षपनि जाडोमा उखु किसानले माइतीघरमा आन्दोलनगर्दा सरकारले सम्झौता गराई किसानको बक्यौता रकम भुक्तानी गराउन सहमति गराएका थिए ।तर चिनी मिल सञ्चालकहरुले त्यसको पालना गरेनन् ।मृतक यादवले बैंकलाई नै ऋण वापत १८ लाख तिर्नुपर्ने थियो ।बैंकको पटक पटकको ताकेता र चिनी मिल सञ्चालकको आलटालबाट यादव अत्यन्त तनावमा रहेको ठाकुरले बताए ।उनले उधारो सम्झौता नगर्न आन्दोलनकारी सहकर्मीहरुलाई आग्रह गरेका थिए ।तर उनीहरुले सहमति गरेपछि निरास भएका यादवको ह्रदयघात भएर ज्यान गयो ।

उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्र यादवका अनुसार यादवको मृत्युको कारण बनेका अन्नपूर्ण चिनी मिल सञ्चालकलाई ज्यान मार्ने मुद्दा चलाएर मृतकका परिवारजनलाई तत्काल क्षतिपूर्ती ब्यहोर्न लगाउनु पर्ने माग गरेका छन् । सरकारले आन्दोलनरत किसानहरुलाइ बक्यौता भुक्तानी गराउन पहल नगरि उधारोमा सम्झौता गराएर किसानहरुलाई धोका दिएको भन्दै यादव सम्झौतामा समेत नगएको जसपाका एकजना नेता राकेश मिश्रले बताए । किसानहरुलाई आन्दोलनगर्न गतवर्षपनि उनले नै माइतीघर मण्डलासम्म ल्याएका थिए ।

‘किसान रायको मृत्यु नभै हत्या हो’ उनले भने, सरकारले उधारोमा सम्झौता गराएर किसानलाई फेरी धोका दिएकोछ ।मृतक यादवको हत्याको कारण अन्नपूर्ण चिनी मिल रहेको आरोप लगाउँदै मिश्रले सञ्चालकलाई सरकारले तत्काल कार्वाहीगरि मृतक परिवारलाइ क्षतिपूर्ती दिलाउन माग गरे ।

Comment


Related News

Latest News

Trending News