अपडेट 
२०७७ पुष १५, बुधबार ०७:२१

जनकपुरधामका १२ जना सहयोगापेक्षी सडक मानवको मंगलबार उद्दार गरिएको छ । सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तर्गत जनकपुरधाम पुगेको मानव सेवा आश्रम हेटौंडाको टोलीले जनकपुरधामबाट १२ जना सडक मानवको उद्दार गरेको हो ।

उद्दार गरिएका सयोगापेक्षी सडक आश्रित मानव मध्ये ३० वर्षदेखी ८० वर्षसम्मका जेष्ठ नागरिक छन् । ज न क प ु र ध ा म उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीता कुमारी मिश्रको सहयोगमा उद्दार गरिएका सहयोगापेक्ष्।ी सडक आश्रित मानवलाई मंगलवारनै संरक्षणका लागि बिरगंज र हरिवनस्थित मानवसेवा आश्रम पठाइएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले वताए । उनले बर्दिबास नगरपालिकामा पनि उद्धारको काम गर्ने र वुधबार रौतहटको चन्द्रनिगाहपुरमा कार्यक्रमको आयोजना गर्ने बताए । सडक मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तरगत गत पुस ७ देखीमेचीबाट सुरु गरिएको अभियान महाकाली पुगेर माघ ७ गते सम्पन्न हुने उनको भनाई छ ।

उद्दार गरिएका नागरिकहरुलाई जनकपुरधाम उपमहानगरपालिका कार्यालयको प्राङ्गणमा जम्मा गरि आश्रमका स्वयमसेवकहरुले सरसफाई र स्वास्थ्य परिक्षण गरेका थिए भने जनकपुरधाम उपमहागरपालिकाले खानाको ब्यवस्था मिलाएका थिए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आश्रमको कार्यप्रति कृतज्ञता प्रकट गर्दै नगरपालिकालाई सडक मानव मुक्त बनाउन आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जनकपुरधाम धार्मिक ठाउ रहेको र यहा मोक्ष पाउनका लागि पनि मन्दिरहरुमा बास वस्न आउनेहरु धेरै रहेको वताउदै मेयर साहले यस किसीमका मानव आश्रम जनकपुरधाममा निमार्ण गर्ने प्रतिवद्धता समेत जनाएका थिए । आश्रमले सडक मानव पुर्नस्थापनाका लागि चलाएको अभिायन प्रशसनीय रहेको भन्दै मेयर साहले यस पवित्र कार्यमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

Comment


Related News

Latest News

Trending News