अपडेट 
२०७७ पुष १५, बुधबार ०७:२४

आयातका लागि मुख्य नाका रहेको वीरगञ्जबाटै सवारीसाधन आयात घटेको छ । यो सँगै सवारीसाधनको आयातबाट संकलन हुने राजस्वमा पनि गिरावट आएको हाे ।

वीरगञ्ज भन्सार कार्यालयको गत आर्थिक वर्षको र चालु आर्थिक वर्षको मंसीरसम्मको तथ्याकंले यो नाका भएर हुने प्राय सवारीसाधनको आयात घटेको देखाएकाे छ।चालु आर्थिक वर्षको मंसीरसम्म यो नाका हुँदै दुई अर्ब ८२ करोड रुपैयाँ बराबरको दुई हजार पाँच सय ७८ थान जिप, कार र भ्यान आयात भएका छन् ।

गत आवको यसै अवधिमा चार अर्ब १२ करोड रुपैयाँ बराबरको चार हजार दुई सय ५१ थान सवारीसाधन आयत भएका  थिए । चालु आवमा सवारीसाधन आयात झन्डै आधा घटेको छ ।

Comment


Related News

Latest News

Trending News