अपडेट 
२०७७ पुष १५, बुधबार ०७:३२

सर्लाहीको जिल्ला अस्पतालले कोभिड– १९ को बेला करारमा राखेको कर्मचारीहरुलाई जोखिम प्रोत्साहन भत्ता नदिएको आरोप लगाएका छन् ।

करारमा भर्ना भएका एच.ए, सि.एम.ए,कार्यालय सहयोगी तथा सफाइ कर्मचारीहरु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजिव सिंहले कोरोना माहमारी जस्तो विषम परिस्थितीमा आफ्नो ज्यान जोखिममा राखेर काम गरे पनि नियमपूर्वक पाउनुपर्ने मासिक तलब समेत दिन चासो नदेखाएको उनीहरुको गुनासो छ । रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरूले यस्तो गुनासो गरेका हुन । जिल्ला अस्पतालले ४५ जना कर्मचारीहरुको तलबसहित जोखिम भत्ता उपलब्ध नगराएको चन्द्रनगर गाउँपालिका ,मोहनपुरका पीडित कर्मचारी उमेश ठाकुरले बताए । कोरोना कालमा इमानदारीपूर्वक जोखिम मोलेर काम गरेर देखाए पनि मेसु सिंहल वास्ता नगरेको पीडित कर्मचारी खुशबु झाले आरोप लगाइन् ।

य स् त ै करारमा भर्ना भइ अस्पताल तथा आइसोलेसनको सरसफाइको काम गरेका डोम समुदायका सफाइकर्मी कर्मचारीहरुको पनि ५ महिनाको तलब भाता रोकिएको अनिल महतोले बताए । ५ महिना लामो समयदेखि तलब नपाउँदा कोठा भाडा समेत तिर्न समस्या भएको कार्यक्रममा सहभागी अर्का पीडित विक्की गुप्ताले दुखेसो पोखे । उनले यस विषयमा प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइसकेको तर उताबाट पनि कुनै किसिमको सुनुवाइ नभएको गुनासो गरे । कोरोना जस्तो विषम परिस्थितिमा दिनरात नभनी अस्पतालले दिएको काममा इमानदारीपूर्वक खटिए पनि ेसु सिंहले आफुहरुको मनोबल बढाउनुको सट्टा तिमीहरूको तलब भत्ता आफ्नो खेत बेचेर दिउँ भन्ने खालका अभिव्यक्ति दिएर मनोबल गिराउने काम मात्र गर्दै आएको पीडितहरुले पत्रकारहरुसँग दुखेसो पोखेका छन् ।

कार्यक्रमको अध्यक्षता गरेका रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव शाहले आफ्नो टिम पीडित कर्मचारीहरुको तलब भत्ता उपलब्ध नभए सम्म अस्पताल प्रशासन र प्रदेश सरकार सँग निरन्तर फलोअप गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । क्लबको मलंगवा स्थित आफ्नै साक्षात्कार कक्षमा आयोजना भएको कार्यक्रममा पत्रकारसहित सर्लाही अस्पतालमा करार सेवामा कार्यरत पिडित कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News