अपडेट 
२०७७ पुष १५, बुधबार १०:०१

मंगलबारको देशव्यापी आन्दोलनको समीक्षा र भावी कार्यक्रम तय गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

बुधबार दिउँसो १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको बैठक तथा छलफल आयोजना हुने नेता योगेश भट्टराईले जानकारी दिए । छलफलले मंगलबारको समिक्षा गरी भावी आन्दोलन र आन्दोलनका रणनीति तय गरी आजै दिउँसो ३ बजे सार्वजनिक गरिने भट्टराइले बताए।

आजै बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला पनि पेरिसडाँडामा हुने नेता योगेश भट्टराईले जानकारी दिए। वृहत भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा फुटपछि प्रधानमन्त्री ओली एकातिर र प्रचण्ड, माधव नेपालगायतका नेता अर्को कित्तामा बाँडिएका छन् ।

प्रचण्ड नेपाल पक्षले गत मंसिर ९ गतेको केन्द्रीय कमिटी बैठकबाट विभिन्न कार्यक्रम घोषणा गरेको छ । सडक संघर्षमा उत्रिएको सो पक्षले हिजो बागमती प्रदेशका जिल्लाहरुको काठमाडौंमा र बाहिका सबै जिल्लामा छुट्टाछुट्टै विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

Comment


Related News

Latest News

Trending News