अपडेट 
२०७७ पुष १५, बुधबार १३:२२

धनुषाधाम नगरपालिका-९ धारापानी मालटोलमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्याङ्कर एक आपसमा जुध्दा घटना स्थलमै दुई जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याङ्कर चालक मोरङ विराटनगरका ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका २० वर्षीय चालक रगीला कुमार रहेकाे प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका मण्डललाई जनकपुरको प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको हो ।

दुर्घटनामा ट्याङ्करका सहचालक विराटनगर ४ का धनराज यादव गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर लगिएको प्ररहरीले जनाएको छ । भारतीय ट्रकका सहचालकको अवस्था समेत गम्भीर रहेकोसमेत प्रहरीले बताएकाे छ भने  घाइते सहचालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News