अपडेट 
२०७७ पुष १५, बुधबार १६:४९

नेपालमा थप पाँच सय ११ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार एक सय १० जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच सय ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दुई लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या दुई लाख ५१ हजार नौ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणबाट आज देशभर सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News