अपडेट 
२०७७ पुष १६, बिहीबार ०७:३८

महोत्तरीको जलेश्वरस्थित पौराणीक जलेश्वरनाथ महादेव मन्दिरको जग्गा संरक्षण र जिर्णोद्धारको माग सहित युवाहरु रिले अनसनमा बसेका छन ।

जलेश्वर नगरलाई स्थापित गर्न मद्दत पुरयाएको जलेश्वरनाथ मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । निकै नै पुरानो रहेको सो मन्दिरको छानाका सिमेन्टहरु तल झर्न थालेपछि मन्दिरनै ढल्ने अबस्थामा पुगेकोछ । मन्दिरको जीर्णोद्धारका लागि कुनै पनि निकायले पहल नथालेको युवाहरुको भनाई रहेको छ । मन्दिरको नाउँमा रहेको दुइ सय ७५ विग्हा जग्गा गुठीले कव्जा गरेको तथा अस्तित्वमा रहेका चार वटा पोखरी पनि नगरपालिकाले आप्mनो भोगचलनमा लिएको ती युवाहरुको भनाई छ । मन्दिरको विकास प्रति सम्वन्धित निकायको ध्यानाकर्षण गराउनका लागि बाध्य भएर रिले अनसनमा बसेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अमरदिप साहले बताए । रिले अनसनमा पासवान युवा क्लवका राधे पासवान,वखरी युवा क्लवका अध्यक्ष सुरेश शर्मा,जलेश्वरनाथ युवा क्लवका अध्यक्ष शनिदेव झा लगायतका युवाहरु पुस ९ गते देखि रिले अनसनमा बस्दै आएका छन् ।

माग पुरा नभए पुस २३ गतेदेखि आमरण अनसनमा बस्ने चेतावनी उनीहरुले दिए । यता मन्दिरको जग्गाहरु गुठीले कव्जा गरि राखेको र सो बाट आउने आम्दानी मन्दिरलाई नदिएको गुनासो उनीहरुको थियो । गुठी संस्थान महोत्तरीका सहायक प्रशासकीय अधिकृत कमलदेव चौधरीले गुठी संग मन्दिरको कुनै जग्गा नरहेको बताए । पहिले मन्दिरको अधिनस्थमा के कति जग्गा थियो, आफुलाई थाहा नभएको तर सबै जग्गाको निजी लालपुर्जा बनिसकेको बताए । मन्दिरको जग्गा कसरी निजी भयो भनेर प्रश्न गर्दा त्यो आफुलाई थाहा नभएको उनको कथन थियो । मन्दिरको कुनै पोखरी नगरपालिकाले नलिएको मेयर रामशंकर मिश्रले बताए । नगरपालिकाका भोग चलनमा ल्याइएको सो पोखरीहरु मन्दिरको हो भनी कुनै कागजमा उल्लेख नभएको वताउदै मन्दिरको लागि एक करोड निकासा गरेर मन्दिरको विकासमा लगाएको उनले बताए ।

मेयर मिश्रले मन्दिरको नाउँमा कुनै पनि पोखरी नरहेको भनेपनि कागजमा सो पोखरीहरु मन्दिरकै नाउमा रहेको उल्लेख रहेको छ । सो मन्दिरको पुर्न निमार्णका लागि पुरातत्व विभागले अनुगमन गरेपनि पुर्न निमार्ण कार्य अहिले सम्म शुरु हुन नसकेको स्थानीयहरुले बताए ।

Comment


Related News

Latest News

Trending News