अपडेट 
२०७७ पुष १६, बिहीबार ११:२८

यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केही समयमै विमानस्थलमा विस्फोट हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ ।

यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा अन्य ५० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् । विस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ । सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् ।

यमनमा सन् २०१५ देखि युद्ध जारी छ भने अहिलेसम्म युद्धमा परि एक लाख १० हजार भन्दा बढि यमनीको ज्यान गएको छ ।

Comment


Related News

Latest News

Trending News