अपडेट 
२०७७ पुष १६, बिहीबार १६:२६

पूर्वराष्ट्रपति रामवरण यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अहिले अनिश्चित बाटोमा गइरहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहिबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्दै सर्वोच्च अदालत अहिले सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्रको रुपमा रहेकाले अदालतले संसद पुनस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधिसभामा ३ करोड नेपाली जनताको प्रतिनिधि बस्ने भन्दै उहाँले प्रतिनिधिसभालाई विघटन गरेर लोकतन्त्रलाई आघात पु¥याउने काम गरिएको बताउनुभयो । उहाँले नेपालको भूराजनीतिक अवस्थाका कारण दुई छिमेकी देशहरुले अहिले नेपालमा परेड खेल्ने काम गरेको भन्दै नेपालले स्वस्थ विदेश नीति नलाएमा देशलाई बचाउन कठिन हुने बताउनुभयो ।

त्यस्तै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकषर्ण गरेको भन्दै त्यो देशका लागि सुखद नहुने धारणा राख्नुभयो । त्यस्तै पूर्वराष्ट्रपति यादवले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले बीपी कोइरालाको मेलमिलापको नीति झनै सान्दर्भिक बन्दै गएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केप ीओलीले जनताको प्रतिनिधिमूलक संस्थालाई ध्वस्त पारेर आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेपनि निर्वाचन असम्भव रहेको बताउनुभयो । उहाँले सरकारलाई दबाद दिन सम्पूर्ण राजनीतिक दलहरुले सडकमा आन्दोलन गरेर संसद पुनस्थापना गर्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

Comment


Related News