अपडेट 
२०७७ पुष १७, शुक्रबार ०७:१९

विश्वभरमा पाँच करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा पाँच करोड ९२ लाख ९७ हजार तीन सय ५७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड ३७ लाख ५० हजार ३३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख २४ हजार एक सय ४८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २६ लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड चार लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २१ लाख १४ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ५३ हजार सात सय ४९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।भारतमा हालसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९८ लाख ८१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार १८ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ६० हजार पाँच सय ९३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५३ हजार तीन सय ५९ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय ५६ जनाले ज्यान गुमाइसकेका छन्

Comment


Related News

Latest News

Trending News