२०७७ पुष १७, शुक्रबार ०७:३७

ग्रेगाेरियन  पात्रो अनुसार आज (शुक्रबार) देखि नयाँ वर्ष इस्वी संवत् २०२१ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् काे  सुरूवात भएकाे भन्ने भनाइ रहेको छ । पोप ग्रेगाेरियन  जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगाेरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

Comment


Related News