कृषि क्षेत्रमा विदेशीले लगानी गर्न पाउने भएका छन् । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन-२०७५ मा कृषिमा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्रिपरिषदले सर्त राखेर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको हो ।
७५ प्रतिशत निर्यात गर्ने सर्त राखेर कृषि क्षेत्रमा पनि लगानी खुला गर्ने निर्णय भएको जनाइएकाे छ ।
कृषिमा विदेशी लगानी खुला गर्ने निर्णयको विरोधमा किसान र निजी क्षेत्रका अधिकारीहरुले ‘लबिइङ’ गर्दै आएका छन।