अपडेट 
२०७७ पुष १७, शुक्रबार ०८:०२

गौर ।जनता समाजवादी पार्टी नेपालजसपा)का केन्द्रिय सदस्य एवं पुर्व संविधान सभा सदस्य बबन सिंह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । २०६४ सालको पहिलो संविधान सभामा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका सिंह रौतहट जिल्लाको गरुडामा नेकपा ओली समुहद्वारा विहिवार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा जसपा परित्यागगरि नेकपामा प्रवेश गरेका हुन् । दोस्रो संविधान सभाको निर्वाचन तथा २०७४ को प्रतिनिधि सभाको चुनावमा जमानत गुमाएका र २०६३ चैत्र ७ गते भएको गौर हत्याकाण्डका मुख्य आरोपित रहेका सिंहले मधेशवादी दलका शीर्ष नेताले गद्दारी गरेको कारण बाध्य भएर पार्टी परित्याग गरेको बताए ।

पार्टी प्रवेशपछि बोल्दै सिंहले मधेशी, दलित, जनजाती, मुस्लिम, विपन्न वर्ग र समुदायकालागि अहम भूमिका निर्वाह गरेपनि पार्टीले मुल्यांकन नगरेको आरोप लगाए । ‘मधेशी दलका नेताहरुले निर्वाचनमा मलाइ धोखा दिए’ उनले भने, शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र यादव, राजेन्द्र महतोले माथि नेपाली कांग्रेस र नेकपा सित तालमेल गरेर आ आफ्नो सीट सुरक्षितगरि पार्टीका सच्चा सिपाहीलाई हराउने खेल खेले । पुर्व सांसद सिंहले माधव नेपाल माथि आक्रमणगर्दै अरुले ल्याएको योजनाको शिलान्यास गरेर फोटो लगाएको व्यंग गरे । मधेश आन्दोलनको बलमा बनेको प्रदेश २ सरकारका मुख्यमन्त्रि मो. लालबाबु राउत गद्दी कमिशन लिएर योजनाहरु विक्री गर्ने गरेको उनले गम्भीर आरोप लगाए । ‘मुख्यमन्त्रि राउत शिक्षा र स्वास्थ्य तथा पूर्वाधार विकासमा लगानी गर्न पटक पटक आग्रहगर्दा पनि कमिशनको लोभमा मठ मन्दिर, पोखरी, मस्जिदमा लगानी गरिरहेका छन्’ उनले भने, प्रदेश सरकार एक नम्बरको कमिशनखोरको सरकार हो । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर नेकपामा प्रवेश गरेका सिंह गौर हत्या काण्डमा मुछिएका छन् ।

२ दर्जन भन्दा बढी माओबादीको हत्यामा सिंह मुख्य नाइके रहेको गौर घटनाको प्रतिवेदनमा उल्लेख गरिएको छ । राजदेवी नगरपालिकाका उपमेयरमा जनता समाजवादी पार्टीबाट सिंहकी श्रीमती निर्वाचित छन् । श्रीमती जसपामा भए पनि श्रीमान नेकपामा शरण लिन पुगेको टिप्पणी कार्यक्रम स्थलमा व्यापक भइरहेको थियो ।

Comment


Related News

Latest News

Trending News