गौर ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको शहरी विकास मन्त्रि प्रभु साहलाइ जनता समाजवादी पार्टी नेपालका वर्गीय संगठन समाजवादी विधार्थी युनियनका कार्यकर्ताहरुले बिहिवार कालो झन्डा देखाएका छन् ।
शहरी विकास मन्त्रि भएपछी पहिलो पटक गृह जिल्ला रौतहटको गरुडा आएका मन्त्रि साहलाइ जसपाका विद्यार्थीहरुले कालो झन्डा देखाए । प्रहरीको कडा सुरक्षाबीच कार्यक्रम स्थल जादै गरेका मन्त्रि साह लाई समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य ललन यादवको नेतृत्वको टोलीले काला झन्डा देखाएर विरोध गरे । कालो झन्डा देल्भ्ध्क् ःब्क्ष्ल्गएका विधार्थी नेता ललन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको कारण सामान्य घइते भएका छन् । पक्राउ परेका यादवले प्रहरीले दमन गरेको आरोप लगाए । केहि समय प्रहरीले नियन्त्रणमा राखेर उनलाई रिहा गरेको थियो ।