२०७७ पुष १७, शुक्रबार ०८:१६

नेपाल चेम्वर अफ कमर्सले लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसको सहकार्यमा बिबिएम, ई–बिजनेश अध्ययन गर्नको लागि उद्यमशिल छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नेपाल चेम्बर अफ कमर्सले एक करोड १७ लाख ९५ हजार राशीको उद्यमशील छात्रवृत्ति उपलब्ध गराउने भएको हो । उक्त छात्रवृती अन्तर्गत ४९ जना बिद्यार्थीहरुलाई पूर्ण तथा आंशिक रुपमा छात्रवृत्ति उपलब्ध गराइएको छ ।

सो मध्ये प्रत्येक प्रदेशबाट १ जनाको दरले ७ जना महिलालाई पूर्ण छात्रवृत्ति प्राप्त हुनेछ । यस छात्रवृत्ती कार्यक्रममा प्रदेश नं २ बाट पुर्ण र आंशिक गरी ७ जना विद्यार्थीहरु लाभान्वित हुनेछन् । यो छात्रवृत्ति कार्यक्रम प्रदेश नं २ चेम्बर अफ कमर्श र धनुषा चेम्बर अफ कमर्शको विषेश पहलमा मुख्यमंत्री लालबाबु राउतले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई समेत सघाउने गरी ल्याईएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ ) क्याम्पसका अध्यक्ष पंकज जालान तथा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्बरका सामाजिक तथा खेलकूद समितिका सभापति दीपक काजी तुलाधरले सभमकदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैक्षिक छात्रवृत्ती उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाई धन्यबाद दिदै प्राप्त छात्रवृत्ती जिल्ला चेम्वर मार्फत बिपन्न वर्गका प्रतिभाशाली बिद्यार्थीहरु छनौट गरी बितरण गरिने बताए ।

यसबाट बिपन्न वर्गका जेहेन्दार बिद्यार्थीहरु लाभान्वित हुने उनले बताए । दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ती अन्तरगत व्याचलर इन बिजनेश म्यानेजमेण्टमा अध्ययनको अवसर प्राप्त गर्ने छन । सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठनपाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । बिबिएम, ई बिजनेश अध्ययन गर्ने विद्यार्थीहरुले अध्ययन पश्चात अनलाइन बिजनेश, मार्केटिङ्ग, मानव संसाधन, प्रोडक्ट ब्राण्डीङ्ग आदी क्षेत्रमा आफ्नो करियर बनाउन सक्नेछन । कलेजले जनाए अनुसार बिबिएम ई बिजनेश अध्ययन गर्ने विद्यार्थीहरुले चाहेमा दोश्रो वर्षदेखि अष्ट्रेलियाको वेष्टर्न सिड्नी विश्वविद्यालयमा सोझै भर्ना पाउन सक्ने व्यवस्था रहेको छ । उक्त छात्रवृत्ती कार्यक्रम बारे प्रदेश नं २ का मुख्यमंत्री राउतलाई अवगत गराएका छन् ।

नेपाल चेम्वर अफ कमर्सका प्रदेश नं २ का अध्यक्ष पवन ठाकुरको नेतृत्वमा केन्द्रिय सदस्य पंकज जालान, धनुषा चेम्बरका अध्यक्ष विजय साह, प्रदेश महासचिव शंकर प्रसाद साह, जिल्ला महासचिव कृष्णदेव साह लगायतले मुख्यमन्त्री राउतलाई छात्रवृत्तिबारे जानकारी गराएका छन् ।

Comment


Related News

Latest News

Trending News