२०७७ पुष १७, शुक्रबार ०८:१९

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर गणतन्त्र र संघीयतालाई धरापमा पारेको जनकपुरधामस्थित आयोजना गरिएको एक कार्यक्रममा वक्ताहरुले आरोप लगाएका छन् ।

४५औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस धनुषाले बिहीबार आयोजना गरेको नेपालको संविधान र वर्तमान राजनीतिक विषयक विचार गोष्ठीमा वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । गोष्ठीमा नेपाली काँग्रेसका नेता आन्नद प्रसाद ढुङगाले ओलीको सनले मुलुक संवैधानिक संकटमा फसेको आरोप लगाए । संसद् पुर्नस्थापना हुनुपर्नेमा जोड दिदै उनले भने,‘ यसमा आम नेपाली जनताको भरपुर सहयोग र साथ चाहिएका छ ।’त्यसैगरि, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादवले संसद् विघटन गरेर ओलीले अक्षमय अपराध गरेको बताए । संविधानमै नभएको व्यवस्थालाई ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रयोग गरेर मुलुकलाई दुर्घटनामा फसाएको आरोप लगाए ।

त्यसैगरि, विघटित प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरीले ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै ओलीको चर्को आलोचना गरे । ओलीले लोकतन्त्र र संविधानको उपहास गरेको छ, सांसद चौधरीले भने,‘ प्रमको यो कदमलाई कडा रुपमा प्रतिवाद गर्नुपर्नेमा हाम्रै पार्टीका केहि शिर्ष नेताहरु कता कता अलमलमा परेको देख्छु, अहिलेको अवस्थामा गलतलाई गलत भनिएन भने मुलुकले ठुलो मुल्य चुकाउनुपर्छ ।’ कुर्सी लोभमा कम्युनिस्टहरूले गणतन्त्र र संघीयतालाई धरापमा पारेको वरिष्ठ पत्रकार किशोर नेपालले भने,‘ कम्युनिस्टलाई विश्वास गर्न गाह्रो छ, यिनिहरु विश्वासघाती हुन भने पुर्वका ईतिहासले पनि देखाउछ ।’

काँग्रेसका जिल्ला सभापति महेश शंकर गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव,काँग्रेसका प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादव, वरिष्ठ पत्रकार किशोर नेपाल,मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा.अञ्जनी कुमार झा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्र, राष्ट्रियता,लोकतन्त्र र संघीयता खतरामा रहेको आशंका व्यक्त गरिएको थियो ।

Comment

Related News

Latest News

Trending News