
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा विभाजन भएसँगै पुष्पकमल दाहाल र माधव नेपाल समूहले मण्डललाई संसदीय दलका नेताबाट हटाउने तयारी गरेको हो ।
कुल ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको एक सांसदले जानकारी दिनुभयो ।
प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको दाहाल–नेपाल समूहको दाबी छ । अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले आइतबार बैठक बसेर मण्डललाई हटाइने बताइएको छ ।