अपडेट 
२०७७ पुष १८, शनिबार ०८:११

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले नयाँ बर्ष सन् २०२१ को शुरुवात वृक्षा रोपण गरेका छन् ।

उनी शुक्रवार जनकपुरधाम–२० स्थित नोचा पोखरीमा वृक्षा रोपण गरेका थिए । करिव ५० वटा वृक्ष लगाएर उनले नयाँ बर्षको उल्लास संगै बातावरणको समेत ख्याल गरि वृक्षा रोपण गरेको बताएका छन् । उनले नोचा पोखरीलाई पिकनिक स्पोटको रुपमा विकास गर्दै जैलाने बताउँदै बोटविरुवाले हराभरा रहने यो पोखरीलाई मनमोहक तथा सुविधा सम्पन्न बनाउने योजना लिएको बताएका थिए । नोचा पोखरीलाई विकास गर्नकालागि मेयर साह यस भन्दा पहिला पनि विभिन्न कार्यक्रमहरु गरिदै आएका छन् । उनले छठ पर्वको अवसरमा सम्पूर्ण घाटहरुको सरसफाई देखि लिएर पोखरीको व्यवस्थापनमा लागि परेका छन् ।

Comment


Related News

Latest News

Trending News