अपडेट 
२०७७ पुष १८, शनिबार १४:२५

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई आज बिहान ठक्कर दिदा मृत्युु भएको हो । कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ठक्कर दिने कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News