अपडेट 
२०७७ पुष १८, शनिबार १५:२०

शहरी विकासमन्त्री प्रभु साह चढेको ना १ झ ३८४२ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर भागेको खुलेको छ ।सर्लाहीको हरिवनमा मन्त्री साहको गाडीको ठक्करबाट लालबन्दी नगरपालिका-८ चन्द्रपुर घर भएका ३५ वर्षका बच्चु तामाङ घाइते भएका छन् । कम्मर र खुट्टामा चोट लागेका उनको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भैरहेको छ ।

ठक्कर दिएर भागेको गाडी मन्त्री साहकै रहेको पुष्टि भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News